+
+

स्वर्णिम वाग्ले अर्थ समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:५३

१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोजेका छन् ।

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए ।

उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत छन् । एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?