+
+

धनगढीमा छोराको हत्या गरेर बुवाले गरे प्रहरीमा आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १४:२१

१६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेको स्वीकार गरेका छन् ।

धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा  अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले छोराको टाउकोमा टा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?