+
+

वीर अस्पतालकी नर्स बालाजुमा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १३:०७

१७ वैशाख, काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।

भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत  छन् ।

नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।

अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले पनि अनुमा मृत भेटिएको पुष्टि गरे ।

‘शनिबार उनले आत्महत्या गरेको भन्ने सुनिएको छ । हामी प्रहरीसँग मिलेर कानुनी प्रक्रिया पूरा गर्दैछौं’, डा. पौडेलले भने, ‘उनी कोरोना महामारीमा खटिएको एक अब्बल कर्मचारी थिइन ।’

पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?