+
+

मुक्तिनाथ विकास बैंकद्वारा देशभर बृहत वित्तीय साक्षरता कार्यक्रम आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १४:०६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशभर बृहत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान अनुसार बैंकका सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयले शुक्रबार र शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

ग्राहकहरुमा वित्तीय साक्षरता पुराउने र बैंकिङ सेवा, सुविधाहरुको जानकारी दिन बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु/कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको बैंकले जनाएको छ ।

‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनाराका साथ कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ । कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?