+
+

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बारले सुरु गर्‍यो धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १४:५९

१७ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा बारको कार्यालय परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाए पनि उक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न सकेन । त्यसपछि फेरि बारले दबावमूलक आन्दोलन अघि बढाएको हो ।

प्रमुख दलहरुबीच संवैधानिक परिषदसम्बन्धी विधेयकमा नै मत बाझिएको छ । त्यसैले संसदबाट विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुन सकेको छैन । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?