+
+

विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनावी माहोल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १५:१८

१७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको निर्वाचनको चलहपलह सुरु भएको छ । आधिकारिक निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियनहरू नेतृत्व लिनका लागि प्रचारप्रसारमा लागेका छन् ।

आगामी २८ वैशाखमा हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवाहरू देश प्राधिकरणको देशभर रहेका कार्यालयहरूमा पुगेर आफ्नो पक्षमा मत पार्नका लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका ८ हजार ५०० बढी कर्मचारीले मतदान गर्नेछन् । नेपालका ४४ वटा सार्वजनिक संस्थानमध्ये हाल ४२ वटा संस्थान सञ्चालनमा रहेका छन् । त्यसमध्येको सबैभन्दा ठूलो संस्था विद्युत प्राधिकरण हो ।

जनताको आवश्यकता पुरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउन भन्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । सतप्रतिशत नेपाल सरकारको स्वमित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो पुर्‍याउने र देशको समृद्धिमा योगदान गर्ने लक्ष्यसहित काम गर्दै आएको छ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो ।

विद्युत प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर एक हजार ४०० कर्मचारी रहेका छन् । यद्यपी प्राधिकरणको स्थायी ११ हजार दरबन्दी रहेको छ । एक तहदेखि नौ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले भोट हाल्न पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?