+
+

नेपाली बजारमा येज्दी मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १८:०८

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ ।

मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी आइतबार नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो । १९७० दशक देखि यो मोटरसाइकल आफ्नो बेजोड प्रदर्शनको लागि परिचित छ ।

कम्पनीका अनुसार येज्दी मोटरसाइकल तीन मोडेलमा उपलब्ध हुनेछन् । रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर, प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पुरा गर्न डिजाइन गरिएको छ । साथै सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कूल्ड, डीओएचसी इन्जिनले सुसज्जित छन् । जसले रोमाञ्चक सवारीको अनुभूति प्रदान गर्दछ ।

येज्दी मोटरसाइकलको मूल्य ९.१६ लाख रुपैयाँदेखि ९.९८ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

के छन् विशेषता ?

कम्पनीका अनुसार येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ, जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ । एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ।

येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटीकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको कम्पनीले बताएको छ ।

रोडस्टर एक क्लासिक क्रूजर हो जसले आधुनिक सुविधाहरूको साथ रेट्रो डिजाइनलाई संयोजन गर्दछ, जसले यसलाई खुला सडकहरूमा लामो सवारीको लागि उत्तम मोटरसाइकल बनाउँछ।
स्क्र्याम्बलर एउटा असाधरण र बहुमुखी मोटरसाइकल हो जसले शहरको सडकदेखि अफ–रोड ट्रेलहरूसम्म कुनै पनि भूभागलाई ह्यान्डल गर्न सक्दछ।

एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार उन्नत सुविधाहरू र उत्कृष्ट प्रदर्शनको साथ डिजाइन गरिएको कम्पनीको दाबी छ।

कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?