+
+

मनाङलाई हराउँदै चर्च व्बाइज तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १९:०८

१७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० ले पराजित गर्दै शीर्ष तीनमा स्थान बनाएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले गोल गरे ।

कप्तान अनन्तले सुशील शाहको पासमा खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै मौसम सुब्बाले ५४ औं मिनेटमा दोस्रो र दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सिमन लिम्बुले तेस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित दिलाएका हुन् ।

यो जितसँगै चर्च ब्वाइजको १३ खेलबाट २१ अंक छ । २१ अंक नै भए पनि चौथो स्थानमा रहेको सातदोबाटो युथ क्बले १२ खेल मात्र खेलेको छ ।

हारपछि मनाङ भने १३ खेलबाट १५ अंक बटुलेर १० औं स्थानमा झरेको छ । पछिल्ला ७ खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको छ ।

हेर्नुहोस् खेलका तस्वीरहरू :

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?