+
+

आफ्नो डकार बेचेर करोडौँ कमाउँदै यी युवती

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १४:१८

हालै एकजना बेलायती युवतीले आफ्ना ब्वायफ्रेण्ड घुरेको आवाज सुनाएर पैसा कमाइरहेको समाचार सार्वजनिक भएको थियो । यो दुनियामा यस्ता सिर्जनात्मक तथा अनौठा कामबाट धन आर्जन गर्नेहरुको कमी छैन । ती बेलायती युवतीलाई पछि पार्दै एक अर्की युवतीले आफ्नो डकार बिक्री गरेर मनग्गे रकम कमाएकी छिन् ।

रेबेक्का ब्लू नामकी ती युवतीले प्रति डकार ५० डलर सम्ममा बेच्ने गरेकी छिन् । कतिपय ग्राहकले एकै पटकमा एकभन्दा धेरै डकारको अर्डर गरेमा उनले १ सय डलरसम्म लिने गर्दछिन् ।

यसअघि नग्न नृत्य गर्ने पेशा समेत अँगालेकी रेबेक्काले आफूले लगाएका अण्डरवेयर तथा मोजाहरु समेत बिक्री गर्ने गरेकी थिइन् । उनले पैसा कमाउनका लागि प्रयोग गरिसकेका मेकअप वाइप्स तथा टोनेल क्लिपिंग्स पनि बेचिन् । तर अहिले चाहीँ उनले डकारबाटै मोटो रकम कमाइरहेकी छिन् ।

२९ वर्षीया रेबेक्काका अनुसार ग्राहकहरुको अनौठो फन्टासीका लागि उनले आफ्नो डकार बेच्छिन् । NeedToKnow.Online नामक वेबसाइटसँग उनले बताए अनुसार ग्राहकको माग अनुसार उनीहरुले सन्तुष्टिका लागि नै उनले सेवा प्रदान गर्दै आएकी छिन् ।

साढे ३ लाख भन्दा धेरै टिकटक फलोअर्स रहेकी रेबेक्काले आफ्नो डकार व्यवसायका बारेमा एक टिकटक भिडियोमा खुलासा गरेपछि सबै अचम्ममा परे ।

सोसल मिडियामा लोकप्रिय भएसँगै आफुले डकार गरेका भिडियो सामाग्रीहरु बनाइरहेको बताइन् । मानिसले जति चाह्यो उति नै धेरै डकारेर भिडियो बनाउने उनको भनाई छ ।

रेबेक्काका अनुसार हरेक ग्राहकको फरक फरक अनुरोध हुन्छ । कतिपयले डकार गर्दै पेटमा हात घुमाउन भन्छन् ।

उनका अनुसार डकार्नु सजिलो काम भने होइन । किनकी आफ्नो सरीरलाई ग्याँसीय गतिविधिका लागि तयार पार्न समय लाग्दछ ।

ग्राहकको माग अनुसार पर्याप्त डकार निकाल्नका लागि उनले प्याज तथा सोडा लगायतका खानेकुराहरु धेरै खान्छिन् । सोडाले सबैभन्दा छिटो र धेरै डकार निकाल्ने अनुभव उनको छ ।

डकार निकाल्नका लागि यस्ता खानेकुराहरु खाँदा आफ्नो स्वास्थ्यमा समेत असर पर्ने भएकाले आफुले सोही बमोजिम ग्राहकहरुबाट शुल्क लिने गरेको उनले बताइन् । उनले प्लास्टिकमा आफ्नो डकार भरेर ग्राहकलाई दिने गर्दछिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?