+
+

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १७:३०

१८ वैशाख, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल नजिकै भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको बिच भागमा ठूलो भ्वाङ परेको र धुनिबेशी नगरपालिका ६ धार्केतर्फ गणेश खोला पुल नजिकै सडक भासिएपछि राजमार्गमा सवारी पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

‘अहिले दुवैतर्फ सवारी बन्द छ’, उनले भने, ‘नगरपालिका र गाउँपालिका सहित सडक सञ्चाल गर्न र वैकल्पिक बाटो खोज्न लागिरहेका छौं ।’

भासिएको ठाउँ नआइसकेका सवारीहरु चितवन र नुवाकोट भएर जान सक्ने र गणेश पुल नजिकै आइसकेका साना सवारीलाई वैकल्पिक बाटोबाट पास गराउने प्रयास भैरहेको उनले बताए ।

‘नियमित रुपमा झैं पृथ्वी राजमार्ग भएर सञ्चाल गर्न चाँहि समय लाग्छ,’ उनले भने, ‘यति बेलै सकिन्छ भन्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?