+
+
Shares

कांग्रेस– एमाले मिल्ने सम्भावना छैन : कांग्रेस नेता कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १९:३०

१८ वैशाख, विराटनगर । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस-एमाले मिलेर सरकार बनाउने सम्भावना नरहेको बताएका छन् । उनले अहिलेकै गठबन्धन पाँच वर्षसम्म जाने बताए ।

सुनसरी इनरुवा नगरपालिका- ४ को हनुमान चोकदेखि सीमावर्ती देवानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्दै उनले एमाले र कांग्रेस मिल्ने सम्भावना नरहेको बताएका हुन् ।

उनले नेपालमा अस्थिरता मच्चाउने शक्ति सक्रिय रहेको दाबी गरे । ‘वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ, म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ’, उनले भने,‘ ‘एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’

देवानगञ्जमा गर्नुपर्ने शिलान्यास इनरुवामा

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सुनसरीको देवानगञ्जको ठूलो मदरसा, बबिया हुँदै इनरुवा नगरपालिका– ४ मा रहेको हनुमान चोक जोड्ने सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय विराटनगरका अनुसार सो सडकको डिपिआरमा देवानगञ्जबाट निर्माण सुरु गर्ने तयार गरिएको छ । तर सोमबार पूर्व मन्त्री कार्कीले निर्माणले नभेट्ने स्थानमा पुगेर सडकको शिलान्यास गरे ।

देवानगञ्जबाट हनुमान चोसम्मको सडक करिब २३ किलोमिटर छ । देवानगञ्जबाट सुरु हुने गरी साढे १० किलोमिटर सडक ठेक्का लागेको छ ।

पूर्वमन्त्री कार्कीले सोमबार हनुमान चोकमा सडक शिलान्यास गरेका हुन् । सडक शिलन्यास पछि कार्कीले उद्घाटन भने देवानगञ्जमा पुगेर गर्ने बताए ।

‘यो सडक शिलन्यास गर्नुपर्ने क्षेत्र देवानगञ्ज हो, तर माननीयज्यूले (ज्ञानेन्द्र कार्की)ले इनरुवामा शिलन्यास गर्ने बातावरण बनाउनुभयो’, स्रोतले भन्यो, ‘देवानगञ्जमा शिलन्यास गर्ने भनिएको स्थान उहाँको (क्षेत्र नम्बर ४) क्षेत्रमा पर्दैन ।’

सोमबार शिलान्यायसका क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले करिब २३ किलोमिटरमध्ये साढे १० किलोमिटर क्षेत्रको ठेक्का लागेको बताउँदै बाँकी क्षेत्रमा पनि चाडै निर्माण गर्नुपर्ने बताए ।

सडक शिलान्यासका क्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईंले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशील श्रेष्ठका अनुसार साढे १० किलोमिटर सडक निर्माणका लागि ३२ करोड ८३ लाख ५ हजार रुपैयाँमा महावीर इन्जिनियरिङ एण्ड कन्सट्रक्सन प्रालिले ठेक्का पाएको छ । सम्झौतामा २०८३ साल वैशाख ५ गतेभित्र काम सक्नुपर्ने उल्लेख छ ।

सो सडक सडक दक्षिण सीमावर्ती देवानगञ्ज ७ ठूलो मदरसा हुँदै गौतमपुर, बातर टोल, जल्लापुरको मदरसाबाट इनरुवा- ४ मा रहेको हनुमान चोकस्थित पूर्व पश्चिम राजमार्गमा जोडिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?