+
+

जिप मेरिडियन : अब्बल विशेषतायुक्त प्रिमियम एसयूभी (भिडियो एक्सप्लेनर)

नेपाली बाटो सुहाउँदो गाडी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १४:२१

काठमाडौं । अमेरिकी अटोमोबाइल ब्रान्ड ‘एसयूभी स्पेसियालिस्ट’ जिपको अद्वितीय उत्पादन हो, ‘न्यू जिप मेरिडियन’ । स्मार्ट विशेषताहरुका कारण ‘सेभन सिटेड’ मेरिडियन भारतीय बजारमा लोकप्रियता हासिल गरिरहेको छ ।

अब यो गाडी नेपालमा पनि उपलब्ध भएको छ । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुलाइसकेको छ । हिमालयको यो भूमिमा मेरिडियनमार्फत जिपले नयाँ छाप छाड्नेमा कम्पनी विश्वस्त रहेको लाइफका सेल्स अफिसर दिनेश कोइराला बताउँछन् ।

मेरिडियन यस्ता अद्वितीय विशेषताहरुले भरिपूर्ण छ, जसले सेभेन सिटर प्रिमियम एसयूभीको चाहाना राख्नेहरुलाई फूल प्याकेज दिन्छ । वास्तवमा जिप मेरिडियनको धनी हुनु समाजमा प्रतिष्ठाको विषय बन्न पुग्छ । किनभने मेरिडियन किन्नु भनेको गर्विलो ‘जिप लाइफ’मा प्रवेश गर्नु हो ।

‘यो गाडी आफैंमा कयौं उत्कृष्ट सुविधा र विशेषताहरुले सजिएको छ,’ एमएडब्लु लाइफका सेल्स अफिसर कोइराला भन्छन्, ‘डिजाइन, लुक्स, इन्टेरियर, कम्फोर्ट र सुरक्षासहित सुविधासहित सबै पक्षमा यो गाडी थोरै पनि कमजोर छैन, प्रभावशाली ब्रान्डको उत्कृष्ट उत्पादन भएकाले नै मेरिडियनले धेरैको मन जित्न सक्छ ।’

आइकनिक र बोल्ड लुक्स

कोइरालाका अनुसार मेरिडियन डिजाइन ‘आइकनिक’ छ । यो गाडी भव्य तर, स्पोर्टी र रुचिपूर्ण छ । बोल्डसँगै परिष्कृत पनि छ । साथै आइकोनिक सेभेन–स्लट जिप ग्रिलको विशेषतासहितको नयाँ जिप मेरिडियन वास्तवमै गाडीलाई पुर्नपरिभाषित गर्न सक्ने गरी तयार गरेको दखिन्छ ।

यो गाडी एकदमै दरिलो र आनन्ददायी छ । झट्ट हेर्दा नै यो गाडीको बनोट प्रिमियम देखिन्छ नै, यसको समग्र फिनिसिङलाई नियाल्दा यसको भिजुअल क्यारेक्टर र डिजाइन आकर्षक मात्रै छैन, वैज्ञानिक र अपरम्परागत देखिन्छ ।

यसको अघिल्लो र पछिल्लो र साइडतर्फका सबै भाग निकै प्रभावशाली छ । एलईडी प्रोजेक्टर हेडल्याम्प्सले सजिएको गाडी इन्टिग्रेटेड अल राउन्ड डेटाइम रनिङ लाइटले नोटिसेबल बनेको छ । अटोमेटिक हेड ल्याम्पस्, रेन सेन्सििङ फ्रन्ट वाइपर, एलईडी फ्रन्ट कर्नरिङ फग ल्याम्प्स, ब्राइट रुफ रेल्स र पावरलिफ्ट गेटले गाडी भव्य बनाएको छ ।

डायमन्ड कट डिजाइनयुक्त डुअल टोन एलोय ह्विलले गाडीलाई अझै प्रिमियम बनाएको छ । टू टोनसहतिको डुअल प्यान सनरुफ यात्रीका लागि यात्रालाई रमाइलो र सम्झनयोग्य बनाउन भूमिका खेल्छ । यसको गाडीको लुक्सलाई सफा र दामी देखाउन सघाएको छ ।

अल सिजन टायर्स, फ्रिक्वेन्सी सेलेक्टिभ ड्यापिम्पङ सस्पेन्सन प्रणाली, डायनामिक स्टेयरिङ टर्क, सेलेक्ट ट्रेटन र ह्विल डिसेन्ड कन्ट्रोलले गाडीलाई आरामदायी बनाएको छ । २७८२ मिलिमिटरको लामो ह्विलबेस हुनु पनि यसको महत्वपूर्ण विशेषता भएको एमएडब्लु लाइफका सेल्स अफिसर कोइराला बताउँछन् ।

विलासी इन्टेरियर

मेरिडियनको फराकिलो इन्टेरियरले सबैलाई प्रभावत गर्न सक्षम छ । उत्कृष्ट क्याबिन स्पेस र एड्भान्स कम्फोर्ट फिचरहरूले गाडी सजिएको छ ।

गाडीमा बस्नासाथै इन्टेरियरले सबैलाई लोभ्याउन सक्छ । सेल्स अफिसर कोइरालाका अनुसार मेरिडयनको लेगरुम, फ्रन्टस्पेस, बुटस्पेस सबै फराकिला र विलासी छन् ।

भित्रि भागलाई यात्रुमैत्री बनाउन जिपले निकै प्रयत्न गरेको देखिन्छ । सफा र चिटिक्कको इन्टेरियरले गाडीको अब्बलतामा अर्को इँटा थपेको छ । प्रिमियम ब्राउन लेदरसहितको इन्टेरियरले यो एसयूभीलाई साँच्चैको आनन्द महसुस गर्न लायक बनाएको छ ।

डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र थर्ड रो क्लाइमेट कन्ट्रोल सिस्टमले गाडीमा यात्रुलाई सहज अवस्थामा राखिराख्छ । ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन तथा १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले गाडीमा थुप्रै जानकारीहरु दिन्छ । एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, इन्ट्रिगेटेड नेभिगेसन, ९ वटा उच्च क्षमतायुक्त अप्लाइन स्पिकर, ब्लटुथ अटो स्ट्रिमिङ, इन्ट्रिगेटेडल भ्वाइस कमान्ड, वायरलेस चार्जिङ सुविधा छन् ।

विकल्पसहितको पावर ड्राभइर सिट पनि छ, जसको सहायतामा ड्राइभरले कम्फोर्टेबल भएर गाडी चलाउन सक्छ । ड्राइभर सिट हाइट एड्जस्ट, भेन्टिलेटेड फ्रन्ट सिट, इम्पेरियसर ब्राउन लेदर सिटसहितका फिचर्सबाट यो गाडी सुरक्षित छ । रिमोट कि लेस इन्ट्री, प्रोक्सिमिटी विथ पस बटम स्टार्ट, अटो पावर फोल्डिङ मिरर जस्ता फिचर्सले गाडी सुसज्जित छ ।

क्याबिनभित्रका स्थानलाई स्मार्ट तरिकाले व्यवस्थित गरिएको छ । अघि र पछिका सिटहरु गज्जबका देखिन्छन् । गाडीभित्र स्पेशमा कन्जुस्याइँ गरिएको छैन ।

ट्राभलमा शोख भएकाहरुका लागि यो गाडी सबै हिसावले अब्बल देखिन्छ । किनभने यसमा पाछाडिको सिट फोल्ड नगर्दा २३३ लिटरको पर्याप्त र फोल्ड गर्दा ८२४ लिटरको ठूलो बुट स्पेस मिल्छ ।

पावरफूल गाडी

प्रिमियम एसयूभीलाई मन पराउने कुनै व्यक्ति जब मेरिडियनभित्र बस्छ र राम्रा/नराम्रा सडकमा यसको परीक्षण गर्छ, चढ्ने र चलाउनेलाई यो सवारी अरुभन्दा कसरी र कति फरक छ थाहा भइहाल्छ ।

गाडी जस्तो भूबनोटमा उभिन्छ, त्यसअनुसार सवारीको पर्फरमेन्सलाई बदल्न सकिन्छ, यसले गर्दा कठिन यात्रा पनि सजिलोजस्तो बनिदिन्छ ।

नेपालमा उपलब्ध हुने मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ)मा २.० लिटरको मल्टिजेट डिजेल इन्जिन छ । जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ छ ।

यसका कारण अफरोडमा जाँदा उच्च दरमा तेल खपत गर्ने, मर्मत खर्च बढ्ने लगायतका समस्या यसले दिँदैन । जस्तोसुकै सडकमा पनि यसको प्रभावकारिता उच्च हुने देखिन्छ ।

कठिन अफ–रोड यात्रा वा शहरमा लामो ड्राइभका लागि नयाँ जीप मेरिडियन सवल छ । मेरिडियनमा २१४ एमएमएको उच्च ग्राउन्ड क्लेयरेन्स छ । यसको सबै पक्ष नेपाली सडक सुहाउँदो रहेको सेल्स अफिसर कोइराला बताउँछन् ।

अनरोड ड्राइभिङका लागि पनि मेरिडियनमा थुप्रै विशेषताहरु छन् । कठोर इन्जिन, बलियो र स्मार्ट फ्रन्ट र आरादायी सस्पेन्सन र फोर ह्विल ड्राइभका कारण जिपको ट्यागलाइन झैं मेरिडियन ‘गो एनीह्वेयर, डु एनिथिङ’ भेहिकल हो भन्दा फरक पर्दैन ।

उत्कृष्ट अफ–रोडिङ क्षमता र साहसिक कौशलका लागि यो गाडीले प्रत्साहित गर्ने कम्पनीको विश्वास छ । नयाँ जीप मेरिडियनले ग्राहकको सडकमा साहसलाई प्रोत्साहन गर्छ र यात्रुको आँखादेखि शरीरसम्म आराम र आनन्द दिन सहज वातावरण बनाउँछ ।

यो गाडी जस्तोसुकै सतह वा भूबनोटमा सजिलैसँग गुड्न सक्ने अद्वितीय क्षमतायुक्त छ । एक कुशल चालकको हातमा मेरिडियनले त्यस्ता पहाड पनि सजिलै पार लगाउनेछ, जसलाई अन्य ब्रान्डका गाडी चलाउने चालकले हत्तपत्त आँट्दैनन् ।

बलियो सुरक्षा पक्ष

उत्कृष्ट स्तरको सुरक्षा सुविधाहरूले सुसज्जित छ, मेरिडियन । इलेक्ट्रोनिकल पार्किङ बे्रक र ३६० डिग्री भ्यू क्यामेराले गाडीलाई सुरक्षित बनाउन सघाएको छ । गाडीमा ६ एयर ब्याग समेत छ । जसले यात्रीलाई सम्भावित दुर्घटनाका जोखिमबाट जोगाउँछ ।

यो गाडीलाई सुरक्षित बनाउन जिपले कुनै पनि सम्झौता गरेको देखिन्न । ६ वटा एयरब्याग छ । अल स्पिड ट्रयाक्सन कन्ट्रोल सिस्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, साइड एयर ब्याग, साइड सर्टेन एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टमले गाडीलाई सुरक्षामा अब्बल बनाएको छ ।

यसैकारण गाडीमा अब्बल सेफ्टी फिचर्स खोजिरहेकाहरुका लागि मेरिडियन सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।

विभिन्न ५ कलरमा उपलब्ध ‘सेभेन–सिटेड’ मेरिडियनको मूल्य एमएडब्लु लाइफले नेपालमा एक करोड ८० लाख ९० हजार रुपैयाँ तोकेको छ । एमएडब्लु लाइफले काठमाडौंको नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ मात्रै राखेको छैन, ‘टेस्ट ड्राइभ’को पनि सुविधा दिएको छ । ग्राहकले जिपको नयाँ श्रृङ्खलाको उन्नत स्वरुपसहित आएको मेरिडियन प्रि–बुक समेत गर्न सक्नेछन् ।

कम्पनीले आफ्टर सेल्स सर्भिसलाई पनि उत्तिकै महत्व दिएको छ । ‘मेरिडियनको पछाडि स्टिकरमा २४ घण्टे सर्भिस हटलाइन नम्बर पनि दिइएको छ, जहाँ जतिबेला समस्या परेपनि सर्भिर दिन कम्पनी प्रतिवद्ध छ,’ सेल्स अफिसर कोइरालाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?