+
+

टोपबहादुर रायमाझी : काठमाडौंमा पक्राउ पुर्जी, अर्घाखाँचीमा विशेष अतिथि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १६:२५

२० वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन् ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि  टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

टोपबहादुर रायमाझी सहभागी कार्यक्रमको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?