+
+

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १६:५८
कांग्रेसबाट मन्त्रिपरिषदमा थप भएका नेताहरु बायाँबाट क्रमश: धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु ।

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

३ जना मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ । तर अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।

२२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ८ जना रहेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ मन्त्री र २ राज्यमन्त्री गरी ७ जना, जनता समाजवादी पार्टीबाट १ जना, नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३ जना, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका १/१ जना रहेका छन् ।

हेर्नुहोस् मन्त्री नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयको विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?