+
+

तनहुँमा ५ दिनदेखि वृद्ध सम्पर्कविहीन, खोजतलासमा सहयोग गरिदिन प्रहरीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:२६

२१ वैशाख, काठमाडौं । ५ दिनदेखि हराइरहेका तनहुँको ब्यास नगरपालिका–९ गजौडेका ५९ वर्षका सुरेशकुमार गुरुङ अझैंसम्म फेला परेका छैनन् ।

परिवारका सदस्यले १८ चैतमा खोजतलासका लागि प्रहरीमा निवेदन दिए पनि प्रहरीले पनि नभेटेको बताएको छ ।

वैशाख १७ गते साँझ ६ बजे घरदेखि माथिको जंगलतर्फ गएका उनी हालसम्म नफर्केको र फोन सम्पर्क गर्दासमेत नभेटिएको उनकी भतिजी लक्ष्मी गुरुङले बताएकी छन् ।

उनको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले खोजतलासमा सहयोग गरिदिन सार्वजनिक सूचना जारी गर्दै भेटिएमा सम्पर्क गरिदिन टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?