+
+
Shares

डोटीका ३३ वडामा छैनन् वडा सचिव

रामहरि ओझा         रामहरि ओझा        
२०८० वैशाख २२ गते १७:४१

२२ वैशाख, डोटी। डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवबिहीन छ ।

६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले भने ‘वडा सचिव नभएपनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिईरहेका छन् ।’

डोटीको सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका ४ वटा वडामा वडा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवबिहिन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले सचिब नभएका वडाहरुमा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिईरहेको समेत बताए ।

त्यस्तै, ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडामा सचिव छैनन् । वडामा सचिव पद रिक्त हुँदा एउटै व्यक्तिले दुई वडा हेर्नु पर्ने वाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार वडा नम्बर वडामा १ र २ मा १ जना, ४ र ६ मा १ जना ५ र ७ मा १ जना र ८ र ९ मा १ जनाले हेरेर कामकाज संचालन गरिरहेका बताए । बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको यस गाउँपालिकामा ३ वटा वडा सचिवबिहीन छन् ।

वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । वडा सचिव नभएका वडाहरुमा अन्य कर्मचारीहरुबाट कार्य संचालन  भइरहेको समेत उनले जानकारी दिए ।

जोरायल गाउँपालिकामा पनि २ वटा वडामा वडा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरवन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज भट्टले जानकारी दिए। वडा सचिव नभएका वडाहरुमा अन्य  कर्मचारीहरुबाट कार्य संचालन भईरहेको समेत भट्टले वताए ।

बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको यस गाउँपालिकामा नम्बर ३ मा मात्र सचिव  रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले बताए । उनी भन्छन् ‘सचिव नभएका वडाहरुमा अन्य प्राविधिक र करारका कर्मचारीहरुले काम गरिरहेका काम गरिहेका छन् ।’

केआई सिंह गाउँपालिकाका २ वटा वडा सचिवबिहिन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए । सचिव नभएका दुई वडामा सलेपा र आलेपले दैनिक कार्य सञ्चालन गरिरहेको समेत परियार बताउँछन् ।

पुर्वीचौकी गाउँपालिकाका ३ वटा वडामा सचिवको दरवन्दी रिक्त छ । सचिव नहुँदा वडा नम्बर ३ र ७ मा एक जनाले हेरिरहेका छन भने २ र ६ मा प्राविधिक कर्मचारीहरुले काम चलाइरहेका पालिकाले जनाएको छ ।

आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवबिहिन रहेका छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । सचिव नभएका वडाहरुमा प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिइरहेकासमेत ओझाले बताउँछन् ।

पालिकामा कर्मचारी अभाव भएपनि पालिकामा रिक्त रहेका दरवन्दी अनुसारका कर्मचारीहरु लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हिरालाल चौधरीले बताए ।

प्रदेशका ८८ वटा स्थानीय तहहरुमध्ये ३९/४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ। कर्मचारी अभाव भए नभएको आफूहरु लाई थाहा नहुने भन्दै चौधरीले अगाडि भन्नु भयो ‘हामीले स्थानीय तहको माग अनुसार बिज्ञापन खोल्ने गरेका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?