+
+

टोपबहादुरबारे रविको टिप्पणी : हेर्दाहेर्दै हराउनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते २०:०५

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको बताएका छन् ।

सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो कामलाई स्वागत गर्ने बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने ।

तर यो प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी रहेको उनले बताए। ‘जति तान्दा पुग्छ, त्यति मात्रै जाने हो कि’, लामिछानेले आशंका गरे । नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ ।

‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू गृहमन्त्री हुँदा चार/पाँच चरणमा कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?