+
+

ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते ६:३०

२२ वैशाख,मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सूर्याेदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?