+
+

कञ्चनपुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते ७:३३

२३ वैशाख, धनगढी । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकाउनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

रोक्का तटबन्ध निर्माणका लागि नेपालगञ्जबाट तारजाली बोकेर ल्याइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?