+
+

यो हो संसारकै ठूलो केरा ? एउटै कोसाको वजन ३ केजी (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १३:१३

तपाईंले केरा त दिनहुँ खुबै खानुहुन्छ होला । बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फलमात्र होइन विभिन्न पोषक तत्वहरुले युक्त गुणकारी फल हो । केरा विश्वका १५० भन्दा बढी देशमा फलाइन्छ र यसका १ हजार भन्दा धेरै जात छन् ।

केराका यी अनेक प्रकारमध्ये पपुवा न्युगिनीमा पाइने एउटा केराचाहिं विशेष छ । यो विश्वमै सबैभन्दा ठूलो कोसा भएको केरा हो । यो केरा मुसा इंगेन्स प्रजातिको केरा हो । यसमा एउटा कोसाको तौल डेढदेखि तीन केजीसम्म हुन्छ भने ३० सेन्टिमिटर सम्म लामो हुन्छ । अर्थात् यो केराको एउटा कोसाको वजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ ।

यो केरा विश्वको दुर्लभ केरा प्रजातिमध्ये एक हो । यो केराको बोट १५ मिटरसम्म अग्लो हुन्छ । अर्थात् केराको बोट कुनै नरिवलको बोट जस्तै देखिन्छ । अरु केराको फसल वर्षदिनमै भित्राउन सकिने भए पनि यो केरामा फल लाग्न र पाक्नका लागि पाँच वर्षको समय लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?