+
+

रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ६:५१

२४ वैशाख, काठमाडौं । रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ । युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो ।

भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ ।

सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु युद्ध अपराध मानिन्छ । यसमा तीव्र रुपमा आगो फैलिने भएकाले निभाउन गाह्रो हुन्छ । रुसमाथि यसअघि पनि फस्फोरस बम प्रयोग गरेको आरोप लागेको थियो ।

रुसले केही महिनायता बखमुतमा कब्जा गर्ने कोसिस गर्दै आएको छ । यो कोसिसमा हजारौं रुसी सैनिक मारिएको अनुमान पश्चिमी देशले गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयले रुसले कब्जा गर्न नसकेका बखमुतका क्षेत्रमा आगो लगाउने हतियारको प्रयोग गरेको जनाएको छ ।

युक्रेनले सार्वजनिक गरेको भिडियो फुटेज जाँच गरेको र यो फुटेज बखमुतको केन्द्रदेखि पश्चिम तर्फ बालबालिकाको अस्पताल रहेको क्षेत्रको रहेको पत्ता लागेको बीबीसीले जनाएको छ ।

आगो लगाउने हतियारको प्रयोग भएको तर त्यो फस्फोरस बम हो कि होइन भन्ने पुष्टि भने नभएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?