+
+

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ११:१८

२४ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बिहान ११ बजे नै बस्ने तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही ढिलो गरी सिंहदरबारमा सुरु भएको हो ।

संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ । यस अधिवेशनमा मुख्य रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल सुरु हुनेछ । अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?