+
+

जसपाले २७ वैशाख पछि मात्रै मन्त्री पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ११:३०

२४ वैशाख, काठमाडौं । जनता समाजवादीले २७ वैशाख पछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।

कांग्रेसबाट सुरेन्द्र आचार्यले महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको सपथ आज लिने भएका छन् ।

आज नै जसपाबाट पनि मन्त्री पठाउने चर्चा थियो । उक्त दलका एक नेताका अनुसार २७ वैशाख पछि मात्र मन्त्री हुनेको नाम पठाउने सोंचमा जसपा छ । ‘आज सपथ लिने कुरा छैन ।

अध्यक्षले २७ वैशाख पछि मात्रै आफ्नो दलबाट मन्त्री हुने भन्नुभएको छ,’ जसपाका एक नेताले अनलाइनखबरसँग भने । २७ वैशाख पछि मात्रै किन भन्नेमा भने उनले आफू जानकार नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?