+
+

पार्टीको नीति विपरीत बोल्नेलाई कारवाही गर्ने एकीकृत समाजवादीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १६:००

२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

पार्टीका नेताहरुले यसरी दिएको अभिव्यक्तिलाई प्रतिगामी तत्वले उछालेको भन्दै एकीकृत समाजवादीले फरक मतहरू पार्टी कमिटीभित्रै राख्न नेताहरुलाई आग्रह गरेको छ ।

‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन,’ अनुशासन आयोगका अध्यक्ष डा. शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुर्धानका लागि सचेत गराइन्छ ।’

सुधार नगरेमा पार्टीको विधान अनुसार कारबाही गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?