+
+

भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्त रावलले गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १९:४७

२४ वैशाख, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका नवीन रावलले अदालतमा आत्मसमर्पण गरेका छन् ।

गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो । घटनापछि फरार रहेका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावल आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसमर्पण गरेको पुष्टि गरे । उनका अनुसार रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटीमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसमर्पण गरेपनि अन्य ७ जना भने अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?