+
+

महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ९:४६

२५ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले मात्र तानेका छन् । ललितपुरको लगनखेलबाट बिहान महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट थटिटोलसम्म रथ पुर्याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइने छ ।

एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा बसेको हो ।

महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन रथको टुप्पोबाट नरिवल खसाइएको थियो । सो नरिवल पाए शुभ हुने जनविश्वासका साथ नरिवल टिप्न स्थानीयको तछाडमछाड हुन्छ ।

वैशाख शुक्ल प्रतिपदादेखि पुल्चोकबाट मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको थियो । असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएपछि रथयात्रा सम्पन्न हुन्छ । झण्डै दुई महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ यात्रालाई नेपालकै सबैभन्दा लामो रथयात्राको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?