+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

कसैलाई लखेटी लखेटी हत्कडी लगाउने, कसैलाई छाड्ने कुरा सह्य हुँदैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १८:०१

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने ।

यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।

यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे ।

‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

शनिबार आफूसँग भेटेपछि प्रधानमन्त्रीले एउटा कार्यक्रममा यो त ट्रेलरमात्र हो, फिल्म देखिनेवाला छ भन्ने टिप्पणी गरेको भन्दै ओलीले सोधे, ‘तपाईको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ ? सबैतिर सिनेमा चल्याछ, तपाईको हलमा कहिले लाग्छ ?’

ओलीले अगाडि सोधे, ‘सधैं ट्रेलर मात्र प्रचण्डजी ? सिनेमा चलाउनुस् न । तपाईंको हलमा किन ताला लागेको छ ? मलाई बोलाएर भेट्ने, ट्रेलरमात्र हो भन्ने फिल्म देखाउँछु भन्ने, देखाउन सक्नुभयो ?’

सोमबार संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीसँग भेट हुने भन्दै ओलीले त्यहाँ पनि आफूले यही प्रश्न गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?