+
+

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खुट्टा कमाउनुहुन्न : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १८:५६

२५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परीक्षाको बेला आएको बताए ।

‘भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ’ उनले भने ।

सत्ता सहयात्री दलहरुले पनि यो प्रकरणमा कुनै पनि दोषी र भ्रष्ट नउम्काउन प्रधानमन्त्रीलाई भनेको उनले नेता नेपालले बताए । ‘तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम गर्ने कामहरु गर्ने र उनीहरुलाई अपमान गर्ने काम नहोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?