+
+

कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते २२:०६

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था हटाएको छ । अब तीन महिनाको औसत आधार दरका आधारमा मासिक रूपमा ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।

‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै निकालेको सूचनामा भनिएको छ ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अब बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई प्रकाशित गर्नुपर्ने छ । अब पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?