+
+

युवालाई मौलिक सीप सिकाउँदै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १३:२०

२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले युवालाई मौलिक सीप सिकाउने भएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका अनुसार ७५ जना युवालाई काष्ठकला, माटोको भाँडा र सुकुल बुनाई सम्बन्धी सीप तालिम दिन लागेको हो ।

नेपाल हस्तकला महासंघको सहकार्यमा महानगरपालिकाले २५ जनालाई काष्ठकला सम्बन्धी ४५ दिने उच्च सीप, २५ जनालाई माटोको भाँडाकुँडा बनाउने सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण र २५ जनालाई सुकुल बुनाइ सम्बन्धी १५ दिने आधारभूत प्रशिक्षण दिन लागेको हो ।

महानगरपालिकाले सीप सिकेकाहरुलाई स्वरोजगार तथा आय आर्जनको अवसर प्रदान गर्ने सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?