+
+

भीएफएक्स सुधारेर आयो प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १६:०५

काठमाडौं । ब्लकबस्टर ‘तानाजी : द अनसंग वारियर’पछि निर्देशक ओम राउत अर्को महाकाव्य ‘आदिपुरुष’ लिएर आएका छन् । ट्रेलर मंगलबार इन्टरनेटमा सार्वजनिक भएको छ । टिजरभन्दा धेरै विश्वसनीय लाग्ने यो ट्रेलर सशक्त लाग्छ । टिजरमा भीएफएक्स र सैफअली खानको रावण लुक्सलाई अस्वीकार गरेका दर्शकले ट्रेलरलाई भने सकारात्मक प्रतिक्रिया दिएका छन् ।

तीन मिनेटभन्दा लामो यो ट्रेलरमा राघवको भूमिकामा प्रभास, जानकीको भूमिकामा कृति सेनन, लक्ष्मणको चरित्रमा सन्नी सिंह र लंकेशको भूमिकामा सैफअली खान छन् । हिन्दू धर्मग्रन्थ रामायणमा आधारित यो फिल्मको ट्रेलरको सुरुमा हनुमानले रामबारे बताउँछन् । कसरी राम मान्छेबाट भगवान बने भन्ने दृश्यसँगै कथा सुरु हुन्छ ।

रामायणका प्रमुख घटनालाई प्रभावशाली ढंगले देखाइएको हुनाले लंकेशको रूपमा सैफको सानो झलक ऋषिको भेषमा मात्रै देखिएको छ । एउटा विशाल शिवलिंगको अगाडि प्रार्थना गर्दै गरेको दृश्यमा उनको एउटा स्वर देख्न सकिन्छ जसमा भनिएको छ, ‘ब्रह्माण्डमा रहेका सबै चीजहरू प्राप्त गरिसकेको छु तर अझै पनि तिमीलाई शैतान भनिन्छ । लक्ष्मी प्राप्त गर त्यसपछि तिमी भगवान विष्णु बन्छौ ।’

‘आदिपुरुष’ हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । यसको ट्रेलर भारतमा मात्रै नभई क्यानडा, अष्ट्रेलिया, अमेरिका, बेलायत, मलेसिया, न्युजिल्यान्ड, सिंगापुर, रुस, इजिप्ट र अन्य ७० क्षेत्रमा एकैसाथ रिलिज गरिएको छ । आगामी जुन १३ मा यो फिल्मलाई अमेरिकाको न्युयोर्कमा हुने ट्राइबेका फेस्टिभलमा देखाइने भएको छ ।

प्रभासले प्रिमियरको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘आदिपुरुषको विश्व प्रिमियर द ट्राइबेका फेस्टिभल न्युयोर्कमा प्रिमियर हुनेमा म सम्मानित छु । हाम्रो राष्ट्रको लोकाचार झल्काउने कामको हिस्सा बन्न पाउनु सौभाग्यको कुरा हो । हाम्रा भारतीय फिल्म विशेषगरी आदिपुरुष जसले मलाई एक अभिनेताको रूपमा मात्र होइन, एक भारतीयको रूपमा पनि गर्व छ । म ट्राइबेकामा दर्शकको प्रतिक्रिया हेर्न उत्सुक छु,’ उनले भने ।

यो फिल्म असार १ गते प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?