+
+

थप ५१ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १६:५८

२६ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट २६ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?