+
+

सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:३७

२६ वैशाख, काठमाडौं। सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।

सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।

यस्तै संघीय मामिला तथा  सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।

यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ज्ञानेन्द्र प्रासद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री कार्यालयमा कार्यरत अर्का प्रदेश सचिव सुरेश न्यौपानेलाई कोशी प्रदेशकै नीति तथा योजना आयोगमा सरूवा गरिएको छ ।

हेर्नुहोस् कुन सहसचिव कहाँ सुरूवा भए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?