+
+

चुरोटको मूल्यसूची राखेर विज्ञापन गर्ने पसललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:३३

२७ वैशाख, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही गर्ने भएको छ ।

मन्त्रालय एक सूचना जारी गर्दै बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।

मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिडी, गुट्खा आदिका मूल्य सूची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?