 
																			२७ वैशाख, काठमाडौं। चालू अंग्रेजी वर्ष सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व ट्याबलेट फोनको बजारमा एप्पलले आफ्नो प्रभुत्व कायमै राख्न सफल भएको छ। इन्टरनेसनल डाटा कर्पोरेसनको प्रारम्भिक आँकडा अनुसार पहिलो त्रैमासिकमा एप्पलले ट्याबलेट बजारको ३५.२ प्रतिशत हिस्सा कब्जा गरेको छ ।
यो अवधिमा एप्पलले आफ्नो १ करोड ८ लाख गोटा आइप्याड बिक्री गर्न सफल भएको छ । यद्यपि यो गतवर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले कम हो । सन् २०२२ को पहिलो त्रैमासिकमा एप्पलले १ करोड २१ लाख गोटा आइप्याड बिक्री गरेको थियो ।
त्यस्तै दोश्रो स्थानमा सामसुङ रहेको छ। जसले वर्षको पहिलो ३ महिनामा विश्व ट्याबलेट फोन बजारको २३.१ प्रतिशत हिस्सा ओगटेको छ । यस अवधिमा सामसुङले ७१ लाख गोटा ट्याबलेट बिक्री गरेको छ। यो गतवर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले कम हो । सामसुंगले सन् २०२२ को पहिलो त्रैमासिकमा ८३ लाख गोटा ट्याबलेट बिक्री गरेको थियो ।
समग्रमा एप्पल र सामसुङले विश्वको ट्याबलेट बजारको ५८ प्रतिशत हिस्सा ओगटेका छन् । ट्याबलेट बजारमा हुवावेको हिस्सा ६.६ प्रतिशत रहेको छ । तेश्रो स्थानको हुवावेले यो अवधिमा २० लाख गोटा ट्याबलेट बेच्न सफल भएको छ । गतवर्ष सोही अवधिमा उसले २२ लाख गोटा ट्याबलेट बिक्री गरेको थियो ।
विश्व ट्याबलेट बजारमा ६.२ प्रतिशत बजार हिस्सा सहित चौथो स्थानमा लेनोभो छ । उसले पहिलो त्रैमासिकमा १९ लाख गोटा ट्याबलेट बिक्री गरेको छ । त्यस्तै पाँचौ स्थानमा अमेजन रहेको छ।
अमेजनका ट्याबलेटको बिक्रीदर यो त्रैमासिकमा गतवर्षको सोही अवधिमा भन्दा ६५ प्रतिशतले गिरावट आएको छ । अमेजनको बजार हिस्सा ९.८ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा झरेको छ ।
तथ्यांक अनुसार सन् २०२३ को पहिलो ३ महिनामा विश्व बजारमा ट्याबलेटको बिक्री गतवर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले गिरावट आएको छ ।
पहिलो त्रैमासिकमा विश्व बजारमा कूल ३ करोड ७ लाख गोटा ट्याबलेट बिक्री भएका छन्।यो आँकडा कोभिड १९ महामारी पूर्वको जस्तै हो । सन् २०१९ को पहिलो त्रैमासिकमा ३ करोड १ लाख र सन् २०१८ को पहिलो त्रैमासिकमा ३ करोड १६ लाख गोटा ट्याबलेट बिक्री भएका थिए ।
अन्य विभिन्न ब्राण्डका ट्याबलेटले विश्व बजारमा २४.४ प्रतिशत हिस्सा ओगटेका छन् ।आइडीसीका वरिष्ठ शोध विश्लेषकका अुनसार ट्याबलेट बिक्रेताहरु सावधानीपूर्वक पहिलो त्रैमासिकमा प्रवेश गरेका छन् ।
पहिलो त्रैमासिकमा अनुमान अनुसार नै व्यवसायिक तथा उपभोक्ता दुबै मात्रामा कमी थियो । किनकि पहिलो त्रैमासिकमा वातावरण पनि अनिश्चित रहेको थियो ।
सन् २०२३ को पहिलो अर्धवार्षिक अवधिभर नै ट्याबलेट बिक्रीको दर सुस्त नै रहने अनुमान गरिएको छ। उपभोक्ता तथा बिक्रेताहरु दुबै नयाँ मोडेलका ट्याबलेटको पर्खाइमा रहेकाले पूराना मोडेलहरुको बिक्री घट्ने अनुमान गरएिको हो । एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4