+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भ्रष्टाचारीहरु कसैलाई छोड्नु हुँदैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १५:१६

२७ वैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए ।

उनले भने, ‘ उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’

उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताए। उनले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे । उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताए ।

उनले भने, ‘ नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् ।’

नेता नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरु मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको बताए ।

‘अहिलेको राजनीति एउटा अफ्ठ्यारो स्थितिमा रहेको देखिन्छ । राजनीतिप्रति जनतामा निराशा बढेको छ । नेताहरुप्रति पनि निराशा बढेको छ, ‘  उनले भने, ‘निराशा बढेपछि विकल्प के ? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छेहरु दर्शन हेर्ने गर्दथे । सिद्धान्त हेर्ने गर्दथे । त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे । अहिले त्यो हेरिरहेका छैनन्, अहिले कता कता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरुलाई सजिलै मानिसकेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?