+
+

कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १६:४०

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

कांग्रेसका एक नेताका अनुसार देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै नेताहरुलाई बोलाएका छन् । छलफलको विषय सार्वजनिक गरिएको छैन ।

यद्यपि केन्द्रीय सदस्य खाँण पक्राउ परेको विषयमा पनि छलफल हुन सक्ने देउवा निकट स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?