+
+

राप्रपा केन्द्रीय समिति बैठक जेठ १ देखि काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १५:४४

२८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिवेदनहरुमाथि खुला छलफल हुने र केन्द्रीय सदस्यहरुले धारणा राखेपछि पार्टीले निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?