+
+

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १९:४८

२८ वैशाख, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ ।

साथै अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न पनि भनेको छ ।

भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरेको थियो ।

पाकिस्तानका प्रमुख न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन् ।

अदालतले रिहा गर्न आदेश दिए लगत्तै इमरानले आफ्ना समर्थकलाई प्रदर्शन र तोडफोडमा नउत्रिन निर्देशन दिएका छन् । उनले आफ्ना समर्थकलाई शान्ति कायम गर्न पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?