+
+

उत्तरी गोरखामा कुकुरको टोकाइबाट पर्यटक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २०:३२

२८ वैशाख, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक  कुकुरको टोकाइबाट घाइते भएका छन् ।

अस्ट्रेलियन नागरिक अन्दाजी ३३ बर्षकी क्रिस्टेन लुइस विल्सनलाई बिहीवार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उपचार लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाण्डौ लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । गाउँका भुस्याहा कुकुरले यसअघि पनि दुईजना पर्यटकलाई आक्रमण गरिसकेको चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।

गाउँतिर आउने कस्तुरीलाई समेत आक्रमण गरेर मार्ने गरेको उनले बताए। भुस्याहा कुकुर नियन्त्रण र व्यवस्थापनमा कुनै पनि निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

यता गोरखाको भिमसेन थापा गाउँपालिका-१ को घ्याम्पेसालमा बिहिबार कुकुरको टोकाईबाट एकैदिन पाँच जना घाइते भएका छन् ।

घाइतेलाई एम्बुलेन्समार्फत गोरखा अस्पताल पठाइएको स्थानीय शितल गुभाजुले बताए। बारपाकमा पनि वुधवार कुकुरको टोकाइबाट तीन जना घाइते भएका छन् । उनीहरु गोरखा अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?