+
+

धितोपत्र बोर्डले दियो ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २३:०९

२८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ सेयर ब्रोकर कम्पनीलाई सेवा सञ्चालनका लागि आशयपत्र दिने निर्णय गरेको छ ।

नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन गरेकामध्ये दुईवटा कम्पनीले आवेदन फिर्ता लिएका छन् भने एउटा निवेदनको योग्यता नपुगेको भन्दै बोर्डले आशयपत्र दिन मानेन ।

‘बोर्डको नियमावलीअनुसार ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र दिने निर्णय भएको छ’ बोर्डका एक अधिकारीले भने, ‘अब उहाँहरुले ६ महिनाभित्र पूर्वाधार तयार गरी सेवा सञ्चालनका लागि निवेदन दिनुपर्ने हुन्छ, बोर्डले आवश्यक निरीक्षण गरेपछि अन्तिम लाइसेन्स दिने छ ।’

नयाँ सेयर ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दुईवटा मुद्दा परेका थिए । अदालतले प्रक्रिया रोक्न नपर्ने भन्दै बाटो खुला गरिदिएपछि बोर्डले लाइसेन्स वितरण प्रक्रियालाई अन्तिम रुप दिएको हो ।

‘वर्षौंदेखि सीमित ब्रोकरको हातमा रहेको बजारमा नयाँ र बलिया खेलाडीहरुको प्रवेश भएको छ, यसलाई लगानीकर्तालाई निकै फाइदा पुग्छ’ बोर्डका एक अधिकारीले भने,  पछाडि फर्किन नसक्नेगरी ब्रोकर लाइसेन्सको प्रक्रियामा ऐतिहासिक काम भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?