+
+

आइप्याडलाई टक्कर दिने गुगलको पहिलो पिक्सेल ट्याब्लेट सार्वजनिक, यी छन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १२:३६

काठमाडौं । गुगलले आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्स २०२३ का अवसरमा विभिन्न नयाँ प्रडक्टहरु लञ्च गरेको छ । यसक्रममा गुगलले दुईवटा नयाँ स्मार्टफोन तथा आफ्नो पहिलो पिक्सेल ट्याबलेट सार्वजनिक गरेको हो ।

गुगलले सार्वजनिक गरेका दुई स्मार्टफोनमा पिक्सेल ७ ए र पिक्सेल फोल्ड रहेका छन् । पिक्सेल सेभेन ए सस्तो मूल्यको ए सिरिजको पिक्सेल फोन हो ।

आफ्नो पहिलो पिक्सेल ट्याबलेटमा गुगलले फ्लागशीप फिचरहरु उपलब्ध गराएको छ । जसमा ठूलो आकारको डिस्प्लेका साथै Tesnor G2 प्रोसेसर लगायतका विभिन्न विशेष फिचरहरु रहेका छन् ।

डिभाइससँगै मल्टिपर्पोज म्याग्नेटिक स्पीकर डक रहेको छ जसलाई तपाईंले चार्जिङ प्लाटफर्म तथा एक्सटर्नल स्पीकरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

पिक्सेल ट्याबलेट दुईवटा भेरिएन्टमा रहेको छ । ८ गिगाबाइट र्याम तथा १२८ गिगाबाइट स्टोरेज भएको ट्याबलेटको मूल्य ४९९ डलर रहेको छ । त्यस्तै ८ गिगाबाइट र्याम तथा २५६ गिगाबाइट स्टोरेज भएको ट्याबलेटको मूल्य चाहिँ ५ सय ९९ डलर रहेको छ ।

गुगल पिक्सेल ट्याबलेटको बिक्री मे २० देखि हुने बताइएको छ । यो ट्याबलेट हेजेल, प्रोसेलिन र रोज गरी ३ वटा रंगमा उपलब्ध रहेको छ ।

पिक्सेल ट्याबलेटमा १०.९५ इन्चको WQXGA स्क्रिन रहेको छ । स्क्रिनमा 500 Nits  को पिक ब्राइटनेस छ । डिस्प्लेले  USI 2.0 Touch Pen  सपोर्ट गर्दछ । यसमा कम्पनीले आफ्नै गुगल टेन्सर जी टू प्रोसेसर राखेको छ जुन Titan M2 सेक्योरिटी चिपको साथमा रहेको छ ।

यो ट्याबलेटमा एन्ड्रोइड १३ अपरेटिङ सिस्टम रहेको छ । यसमा फ्रन्ट क्यामरा तथा रियर क्यामरा दुवै ८ मेगापिक्सेलको रहेका छन् जसमा एलईडी फ्ल्यास छ । साथै ट्याबलेटमा क्वाड स्पीकर रहनुका साथै ट्याबलेटले गुगल एसिस्टेन्ट पनि सपोर्ट गर्दछ ।

पिक्सेल ट्याबलेटमा २७ Wh क्षमताको ब्याट्री रहेको छ । यो ब्याट्री एकपटक पूरा चार्ज गरेपछि ट्याबलेटमा १२ घण्टासम्म लगातार भिडियो हेर्न सकिने दाबी गुगलको छ । सेक्योरिटीको रुपमा ट्याबलेटमा फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?