+
+

आइफोनको लोकप्रियता खस्किंदो, आइफोन १४ सबैभन्दा फ्लप

एजेन्सी एजेन्सी
२०८० वैशाख ३० गते १३:५५

पछिल्ला केही वर्षदेखि एप्पलले पुरानै डिजाइनका आइफोन लञ्च गरिरहेको छ ।

पहिलेजस्तो अब न त आइफोनको डिजाइनको चर्चा हुन्छ, न त प्रयोगकर्ताहरु नयाँ आइफोनकेा डिजाइनलाई लिएर उत्साहित हुन्छन् ।

यद्यपि एप्पलले वर्षौंदेखि आफ्नो ब्राण्डलाई सर्वोत्कृष्ट बनाउन सफल भयो र स्मार्टफोन प्रयोगकर्तामाझ आफ्नो लोकप्रियता कायमै राखेको थियो । तर आइफोन १४ को हकमा भने यो लागू भएको देखिएको छैन ।

पछिल्लो १ दशकको कुरा गर्दा पछिल्लोपटक एप्पलको आइफोन ५ को आलोचना भएको थियो । तर त्यसलाई पनि माथ दिंदै आइफोन १४ सर्वाधिक कम लोकप्रिय आइफोन बनेको छ । यसले अहिलेसम्मकै कम अर्थात् ५ स्टार रेटिंग प्राप्त गरेको छ ।

perfectRec नामक कम्पनीले गरेको अध्ययनले आइफोन १४ एप्पलको सर्वाधिक फ्लप आइफोन मोडेल रहेको देखाएको छ ।

यस अध्ययनमा ६ लाख ६९ हजारभन्दा धेरै प्रयोगकर्ताको समीक्षाको अध्ययन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अध्ययनका क्रममा के पाइएको छ भने आइफोन १४ यसअघिका आइफोनहरु जस्तो लोकप्रिय हुन नसकेको देखिएको छ ।

यसबीचमा आइफोन ५ को रेटिंगमा गिरावट देखिएको भए पनि आइफोन ६ देखि आइफोन १३ सम्मका सबै मोडेलमा लोकप्रियताको रेटिंग्समा वृद्धि भएको थियो । आइफोन १३ मा ८० प्रतिशत सम्मको ५ स्टार रेटिंग प्राप्त भएकोमा आइफोन १४ मा गिरावट आएर ७२ प्रतिशतमा झरेको छ ।

यस्तो गिरावट आइफोन १४ को आधारभूत मोडेलमा मात्र नभइ आइफोन १४ प्रो तथा प्रो म्याक्समा पनि देखिएको छ ।

रिपोर्ट अनुसार आइफोनकेा ५ स्टार रेटिंगमा वृद्धिको प्रमुख कारण आइफोनसमयसँगै आइफोन उत्कृष्ट बन्दै जानु थियो । तर आइफोन १३ को तुलनामा आइफोन १४ मा हार्डवेयर, फिचर्स तथा डिजाइनमा कुनै ठूलो परिवर्तन नभएका कारण यसको फाइभ स्टार रेटिंगमा गिरावट देखिएको हो ।

साथै आइफोन १४ मा पुरानो जेनेरेसनको प्रोसेसर प्रयोग गरिनु र नयाँ डाइनामिक आइल्याण्ड फिचर केवल आइफोन १४ प्रो मा मात्रै प्रयोग भएकाले कारणले पनि आइफोन १४ को लोकपि्रयता कम भएको हुनसक्ने विश्लेषण रिपोर्टमा गरिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?