+
+

गर्मीमा मेकअप लामो समय कसरी टिकाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते ६:२२

गर्मी मौसममा धेरै पसिना आउने गर्छ । त्यही पसिनाले घण्टौं लगाएर गरिएको अनुहारको मेकअप पनि बगाउँछ जसले अनुहारको लुक नै बिगार्दिन्छ । गर्मीमा घामबाट छालालाई बचाउने र मेकअप कसरी टिकाउने भन्ने चिन्ता धेरैलाई हुन सक्छ ।

विवाह र पार्टीहरूमा जाँदा मेकअप त गर्नै पर्‍यो । तर, गर्मीमा पसिनाको डरले कतिले गर्मीमा हेभी मेकअप गर्दैनन् । गर्मीमा चर्को घामको किरण र पसिनाको समस्याबाट छुटकारा पाउन के गर्ने त ?

स्किन केयर

गर्मीमा लामो समय मेकअप टिकाउनको लागि स्किन केयर एकदमै जरुरी छ । अनुहारको चमक बढाउन दैनिक टोनर, फेसआयल, सेरमको प्रयोग गर्नुपर्छ । छालाको लागि मोस्चराइजर र सनस्क्रिन पनि उत्तिकै महत्त्वपूर्ण छ । दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ सुत्नुअघि त्यो मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ गर्नुपर्छ ।

राम्रो बेस

मेकअप गर्नुअघि सेरम र प्राइमरको प्रयोग गर्नुपर्छ । यसले पसिनाकै कारण मेकअप पखालिँदैन । प्राइमर र सेरम लगाएपछि राम्रो बेस तयार हुन्छ, जसले मेकअपलाई वाटरप्रुफ बनाइदिन्छ । यसका साथै, मेकअपका लागि वाटरप्रूफ प्राइमर नै लगाउनु पर्छ ।

ओइल कन्ट्रोल फेसवास र सनस्क्रिनको प्रयोग

गर्मीको दिनमा आयल कन्ट्रोल फेस वास र सनस्क्रिनको प्रयोग गर्न सकिन्छ । यसले अनुहारको अतिरिक्त तेल निकाल्छ । नतिजा, अनुहारको छाला ताजा देखिन्छ । यसका साथै आयल कन्ट्रोल फेसवास र सनस्क्रिनको प्रयोग गरेपछि टी-जोनबाट तेल आउँदैन, जसले मेकअप बिग्रनबाट जोगाउँछ ।

सेटिङ्ग स्प्रे

कुनै पनि मेकअप गरिसकेपछि आफ्नो अनुहारमा मेकअप सेटिङ स्प्रे लगाउन सकिन्छ । यसलाई आफ्नो अनुहार र गर्दनमा लगाउने, जसले पसिना आउनबाट रोक्छ र मेकअप पनि सेट गरेर राख्छ ।

वाटरप्रुफ मेकअप

मेकअप गर्ने सामान वाटरप्रुफ र राम्रो कम्पनीको भयो भने गर्मीमा लामो समय टिक्न सक्छ । यसमा वाटरप्रुफ आइ मेकअप, वाटरप्रुफ लिप लिप्सिटिक , वाटरप्रुफ फाउन्डेसन आदि प्रयोग गर्न सकिन्छ ।

टचअप

गर्मी मौसममा बाहिर जाँदा मेकअप नबिगि्रयोस् भनेर समय-समयमा टचअप गर्नु जरुरी हुन्छ । यसका लागि यदि अनुहारमा मेकअप छ र पसिना वा पानीले भिजेको छ भने तुरुन्तै टचअप गर्नुहुँदैन, पसिना वा पानी सुकुन्जेल प्रतीक्षा गर्नुपर्छ । त्यसपछि पफ वा ब्रसले अनुहारमा पाउडरको हल्का टच दिनुपर्छ ।

(जुम ब्युटी एकेडेमीकी मेकअप आर्टिस्ट गोमा डङ्गोलसँग गरिएको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?