+
+

काठमाडौं टावरमा खुल्यो निजी सवारीको पार्किङ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १४:१७

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको ‘बस टर्मिनल’का रुपमा निर्माण गरेको काठमाडौं टावरको बेसमेन्टमा निजी सवारीको पार्किङ सञ्चालनमा आएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ३ सय साना सवारी साधन (कार) र ७ सय मोटरसाइकल अट्ने पार्किङ २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो ।

‘अहिले दरबारमार्ग लगायत स्थानमा पार्किङ अभावको गुनासो आइरहेका छन्, त्यही भएर अहिले तत्कालका लागि पार्किङ खुल्ला भएको हो’ मानन्धरले भने ।

उनअनुसार अहिले पार्किङ गर्न शुल्क समेत लिइएको छैन । टावरकोमुनि बस टर्मिनल बनाउने भनिए पनि महानगरले अब लामो दूरीमा सबै सवारी नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बसपार्क बनाउने भन्दै निर्माण भएको टावरको बेसमेन्टमा बस भने पार्किङ नै दिएको छैन । ‘अहिले आकस्मिक रुपमा खुलाइएको भएर साना सवारी मात्रै पार्किङ गर्न दिएको छ । अहिले बसहरु जान सक्ने अवस्था नभएर नगएको हो’ मानन्धरले भने ।

महानगरपालिकाका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठ टावरमुनि सार्वजनिक बसहरुले ‘पिक एण्ड ड्रप’ सुविधा पाउने बताउँछन् । ‘बसपार्कको रुपमा भन्दा पनि महानगरभित्र चल्ने सवारी साधनहरु यात्रु ओराल्ने र चढ्ने स्थानको रुपमा मात्रै प्रयोग हुन्छ । पार्क गरिरहने भन्ने सम्भव हुँदैन, साना सवारी साधानहरुलाई भने निश्चित स्थान पार्किङको रुपमा प्रयोग हुन्छ’ श्रेष्ठले भने ।

काठमाडौंको केन्द्रमा रहेको २४ रोपनीको पुरानो बसपार्कमा मनोज भेटवालको जलेश्वर–स्वच्छन्द बिकोइ कम्पनीले यो टावर निर्माण गरिरहेको छ । १२ तले भवन निर्माणको जिम्मा पाएको विवादास्पद यो ठेकेदार कम्पनीले काठमाडौं टावरलाई २४ तलासम्म बनाउन दिन माग गर्दै आइरहेको छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?