+
+

भक्तपुरको फर्निचर कारखानामा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते ८:४१
सांकेतिक तस्वीर

१ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीस्थित फर्निचर तथा सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिएपछि क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका साँझ ७ बजेतिर लागेको आगो राति साढे १० बजेमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण नखुलेको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनले भने, ‘आगो नियन्त्रणमा लिएपछि मुचुल्का उठाउने काम भइरहेको छ, त्यसपछि कति क्षति भयो भन्ने विवरण एकिन हुन्छ ।’

आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

फर्निचर कारखानाको आगोले सँगै रहेको अर्को एक घरमा पनि सामान्य क्षति पुगेको छ । कारखानासँगैका दुईवटा घरलाई क्षति हुनबाट जोगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?