+
+
Shares

सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १६:१५

१ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराए ।

रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो । रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा नियमावलीको नियम २४८ (१) बमोजिम संसदलाई जानकारी गराएको घिमिरेले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?