
१ जेठ, विराटनगर । पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले विराट राजाको दरबारबाट सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ ६ गते २३ किलोमिटर लामो हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्ने तय भएको छ ।
विराट राजाको दरबार र बर्जु तालको चर्चा हिन्दु धार्मिक ग्रन्थहरुमा पनि छ । दुई धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि खेलकुद पर्यटन विराट-बर्जु हाफ म्याराथन प्रतियोगिता आयोजजना गर्न लागिएको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. सञ्जीवकुमार राईले जानकारी दिए । म्याराथनमा महिला पुरुष गरी एक सय जना सहभागी हुनेछन् ।
आइतबार पत्रकार सम्मेलन गरी मन्त्रालयले हाफ म्याराथनका विजेताले एक लाख पुरस्कार पाउने जानकारी दिएको छ ।
त्यस्तै महिलाहरुको ५ किलोमिटर दौड पनि आयोजना गरिएको छ । जसको विजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सचिव राईले महिलाले २३ किलोमिटर हाफ म्याराथनमा पनि सहभागी जनाउन पाउने बताए । हाफ म्याराथनमा दोस्रो हुनेले ७५ हजार, तेस्रोले ५० हजार र त्यसपछिका तीन जनाले १५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउनेछन् ।
म्याराथन विराटराजाको दरबार संग्रहालयबाट विराटनगर भन्सार हुँदै कोशी राजमार्ग, रोडशेष, बसपार्क, जनअन्दोलन चोक, केसलिया रोड, केसलिया पुल, भीमपरबाट शुक्रबारे चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाट प्रवेश गरेपछि टुंगिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4