+
+

सभामुख हुँदा एमालेले सांघातिक हमलाकै प्रयास गर्‍यो : अग्नि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १८:०५

१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमलाको प्रयास गरेको आरोप लगाएका छन् ।

सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कार्यकर्ताले बुटवल, धुलिखेल र सिन्धुपाल्चोकमा सांघातिक आक्रमणको प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘त्यतिबेला मलाई सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे। बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे।’

२ भदौ ०७८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको सापकोटाको आरोप थियो ।

उनले भने, ‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ। मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरोविरुद्ध आक्रमण गरे।’

उपाध्यक्ष सापकोटाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भई अर्को पार्टी खोलेका माधव नेपालसहितका नेताहरुलाई कारबाहीको सूचना टाँस नगरेपछि एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?