
२ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ ।
महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो ।
सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो ।
तोकिएको मितिभित्र पनि यसरी गेट खोलेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत महानगरपालिकाले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4